धातिवाङ्ग स्वास्थ्यचौकीमा ड़ा इन्द्रमणि पौडेलको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

| २०७९ असार १७ गते १५: ४४ मा प्रकाशित

घनश्याम पौडेल,अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको धातिवाङ्ग स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

समाजसेवी डा. इन्द्रमणि पौडेलको पहलमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बुटबलमा पुगेर डा. पौडेलले स्वास्थ्य सामाग्री ल्याउँनुभएको हो ।

धातिवाङ्ग स्वास्थ्य चौकीमा आवश्यक पर्ने पल्स अक्सि मिटर ३ थान, अक्सिजन कन्सन्टेटर १ थान, डिजिटल थर्ममिटर १० थान, स्थेसस्कोप ५ थान, विपिसेट ५ वटा, बच्चा तौलिने मेसिन २ वटा मेसिन डा. पुष्पराज पौडेलले डा.इन्द्रमणि पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । 

धातिवाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णप्रसाद पौडेल र स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य सामाग्री बुझ्दै स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेलले महत्वपुर्ण सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएकोमा प्रदेश सरकार र डा. इन्द्रमणि पौडेललाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कार्यक्रममा पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्य हरिप्रसाद पौडेल, स्थानिय प्रेमनारायण पौडेल, अमर आविका प्रअ हिमलाल पौडेल महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्