पाणिनी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

| २०७९ असार १९ गते २१: ०७ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । 

पाणिनी गाउँपालिकाको आयोजना, प्रदेश प्रशिक्षण प्रतिष्ठान बाँकेको सहयोग र उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाईमा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, वडा अध्यक्षहरु कमलप्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली, इन्द्रमणि घिमिरे, कृष्णप्रसाद पौडेल, गुनाखर अधिकारी लगाएतका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले पेश गरेको प्रतिवेदनमा विभिन्न सरोकारवाला निकायले  टिप्पणी गरेका थिए । कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा आयोजक संस्थाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्