नेपाल महिला संघद्वारा सिद्धेश्वर शिवालय मन्दिर (पाणिनि वेद विद्याश्रम)लाई आर्थिक सहयोग

| २०७९ सावन २४ गते १६: ४९ मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। नेपाल महिला संघले सिद्धेश्वर शिवालय मन्दिर (पाणिनि वेद विद्याश्रम) आर्थिक सहयोग गरेको छ। 

अर्घाखाँचीको सन्धिखर्कमा नेपाल महिला संघको ७५ औ स्थापना दिवसको अवसरमा आर्थिक सहयोग गरेको हो। 

संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सिद्धेश्वर शिवालय मन्दिरमा कार्यक्रम गरी त्यहाँ रहेका बटुक तथा ब्राह्मणहरूलाई भोजनका लागि २५ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरिएको बताइएको छ। कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन पाठ गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्