पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले भो'टे कु'कु'र उठाउनुपर्छ भन्ने कमेन्ट गरेपछि आलोचना

| २०७९ भदौ ६ गते १४: ०० मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची  पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले भोटे कुकुर उठाउनुपर्छ भन्ने कमेन्ट गरेपछि आलोचना भएको छ । 

कांग्रेस प्रदेशसभा (ख) का क्षेत्रीय उपसभापति अर्जुन पोखरेलले काउन्टर गरेका छन् । फेसबुक पेजमा पोष्ट गरिएको समाचारमा टोपबहादुर रायमाझीसित भिड्न कांग्रेसबाट को आउनुपर्ला ? भनेर स्टाट्स थियो । एमालेका नेता समेत रहेका न्यौपानेले उक्त कमेन्ट लखेपछि उपसभापति पोखरेल सहितका कांग्रेस कार्यकर्ताले आपत्ती जनाएका छन् ।

भोटे कुकुर उठाउनुपर्छ भन्ने कमेन्ट

पोखरेलले सार्वजनिक पदमा भएको सिंगो गाउँपालिकाको अभिभावक जस्तो मान्छेले असभ्य शब्दावली प्रयोग गरेपछि प्रश्न उठाउँदै कमेन्ट गरेका छन् । कांग्रेसलाई कुकुरको संङग्या दिने हैसियत कहाँबाट आयो भन्दै यसको हिसाबकिताब खोजिने पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्