नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको छैटौं जिल्ला सम्मेलन सम्पन्न

सेक्रेटरीमा पुनः खेम घर्ती निर्वाचित

| २०७९ भदौ १८ गते २१: ५४ मा प्रकाशित
गुरुदेव खनाल फोटोग्राफर

गुरुदेव खनालका अन्य रिपोर्टहरु :

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको छैटौं जिल्ला सम्मेलन खिम घर्ती (माहुरी) को नेतृत्वमा २७ सदस्यीय समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । सन्धिखर्कमा सम्पन्न उक्त सम्मेलनको समुद्घाटन सम्मेलनका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जिव कुमारद्वारा उद्घाटन समारोह लेखिएको ब्यानर फुकाउदै ६ वटा मैनबत्ती बालेर गरिएको थियो । प्रमुख अतिथिद्वारा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति , वैज्ञानिक समाजवादको टड्कारो आवश्यकता, एकीकृत जनक्रान्तिको औचत्यको बारेमा स्पष्ट धारणा राख्दै वर्तमान परिस्थिति वैज्ञानिक समाजवाद स्थापनाको लागि अनुकूल रहेको धारणा व्यक्त गरिएको थियो । जिल्ला इञ्चार्ज संगम, पुर्व जिल्ला इञ्चार्ज तथा कपिलवस्तु सेक्रेटरी कमल केसी , सल्लाहकारद्वय प्रवास , नेपाल लगायतद्वारा शुभकामना मन्तव्य राखिएको उक्त सम्मेलनको उद्घाटन समारोहमा खिम घर्तीको अध्यक्षता , आकासको सञ्चालन र चिन्तनको स्वागत मन्तव्य रहेको थियोे । त्यस्तै बिमला पेङ्गमीको अध्यक्षतामा तीन सदस्यीय अध्यक्ष मण्डल रहेको बन्दसत्रमा खिम घर्तीद्वारा राजनीतिक , सांगठनिक एवम् अार्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो र उक्त प्रतिवेदनलाई हलबाट पारित गर्दै नवनिर्वाचित जिल्ला समिति चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्