पाणिनीको मालिका देवि मन्दिरमा आज्ञात सामुहद्वारा ढोका तोडफोड गरि चोरी

| २०७९ असोज ६ गते १६: १३ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा न ३ मा रहेको मालिका देवि मन्दिरमा आज्ञात समुहले चोरी गरेको सुचना प्राप्त भएको छ।

 चोरी गरेर आगो लगाउने प्रयास समेत भएको बुझिएको छ।  अहिले घट्ना स्थलमा जनप्रतिनिधि तथा प्रहरी पुगेर अनुसन्धान भैरहेको छ। मन्दिर को मूल ढोका नजिकै भित्तो पनि तोडफोड  गरीएको अवस्थामा दृश्य देख्न सकिन्छ। 

पवित्र स्थल मानिने मन्दिरमा यसरी ढोकाहरु तोडफोड गरि मन्दिर भित्र रहेका सर- सामान मुर्ति हरु चोरी गर्नु अत्यन्तै निन्दनीय कार्य रहेको छ। 

प्रतिक्रिया दिनुहोस्