धातिवाङ्गमा ग्लोबल बैंकको २८१ औँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

| २०७९ मंसिर २६ गते १८: ०३ मा प्रकाशित

घनश्याम पौडेल
अर्घाखाँची, २६ मंसिर । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको सुरुवात भएको छ । शाखारहित बैंकिङ्ग सेवाको सुरुवातको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बैंकिङ्ग कारोवारसँगै जनतालाई सहज भएको बताए । 

गाउँमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात भएसँगै वडाको विकासमा समेत टेवा पुग्ने बताउँदै सामाजिक सुरक्षा भत्ताको वितरण गाउँमै गर्नका लागी पहल गर्ने वडा अध्यक्ष पौडेलले बताए । 

धातिवाङ्गमा सुरु भएको ग्लोबल बैंकको शाखारहित बैंकिङ सेवाको बजार प्रतिनिधिका रुपमा मनिराम पौडेललाई नियुक्त गरेको छ ।बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकका पोखराथोक शाखा प्रमुख लिलबहादुर सारुले बताए । 

ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । सुरुवात भएको शाखारहित बैंकिङ्ग सेवा २८१ औँ शाखा रहेको ग्लोबल बैंक सन्धिखर्क शाखा प्रमुख प्रल्हाद न्यौपानेले बताए । बैंकबाट अब गाउँमै खाता सञ्चालन, रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन पाउँने छन् । 

बैंकको शुभारम्भमा पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल, सिद्धेश्वर सहकारीका उपाध्यक्ष थानिश्वर पौडेल, कालिका आधारभुत विद्यालयका प्रअ गोवन्दप्रसाद पौडेलले गाउँमै सुरुवात भएको शाखारहिक बैंकको हुकाउन, बढाउँन स्थानिय बासीन्दको भुमिका महत्वपुर्ण हुने बताए । 

कार्यक्रम ग्लोबल आईएमई बैंक सन्धिखर्क शाखाका प्रमुख प्रल्हाद न्यौपानेको अध्यक्षता, सिद्धेश्वर सहकारीका कोषाध्यक्ष मित्रदेव पौडेलको सञ्चालन र ग्लोबल बैंक धातिवाङ्गका बजार प्रतिनिधी मनिराम पौडेलको स्वागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्