शिक्षाको गुणस्तर सुधार्न तीनै तहका सरकार लाग्नुपर्छ : प्रदेश सभा सदस्य घिमिरे

| २०७९ माघ १३ गते २१: ४७ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले शिक्षाको गुणस्तर सुधार गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा  जोड दिनुभएको छ । 

जिल्लाको पाणिनि गाउँपालिका- ५ मा रहेकाे भानु माध्यमिक विद्यालय मैदानको शिक्षक सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै घिमिरेले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । 

घिमिरेले मुलुकको समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याउँदै शिक्षा सुधारमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । 'मुलुकको समग्र विकासको लागि पहिलो कुरा शिक्षामा सुधार गर्नुपर्छ ।-उहाँले भन्नुभयो- शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार गम्भीर छ ।' 

रामजीप्रसाद घिमिरे

उहाँले स्रोत र साधनको अभावका बिच पनि सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक रहेको स्पष्ट पार्नुभयो । विद्यार्थीलाई "पढ्दै-कमाउँदै" खालको वातावरण सिर्जना गर्न उहाँले पालिकालाई सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्