पाणिनीको धातिवाङ्गमा एक महिने कम्प्युटर तालिम सम्पन्न

| २०७९ फागुन ११ गते २०: ५६ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा एक महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । वडाले आर्थिक वर्ष २०७९ ०८० मा विनियोजन गरेको १ लाख रकमबाट एक महिने तालिमको आयोजना गरिएको हो ।

तालिमको समापन गर्दै पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले प्रविधीको विकाससँगै कम्प्युटर तालिमको सिकाई महत्वपुर्ण हुने बताए । उनले सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गर्दै कम्प्युटरको सिप अनिवार्य भएको बताउँदै वडाले गरेको कम्प्युटर तालिम प्रभावकारी भएको बताए।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले वडाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यका कर्मचारी, विद्यालयका शिक्षकहरुलाई तालिम सञ्चालन गरेको बताए । प्रविधीमा दक्ष बन्नुपर्छ, अबका जनता प्रविधी मैत्री हुनुपर्छ, सरकारी कार्यालय पनि प्रविधीमैत्री हुनुपर्छ वडा अध्यक्ष पौडेलले भने ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट बोल्दै स्वास्थ्य चौकीका इन्चार्ज मित्रदेव पौडेल, धातिवाङ्ग माविका प्रअ हिमलाल पौडेल, शिक्षक मेगनाथ पौडेल, कालिका आधारभुत विद्यालयका शिक्षिका दुर्गा पौडेल लगाएतले तालिम प्रभावकारी भएको बताए

तालिमको समापन सत्रमा कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्य हरिप्रसाद पौडेल, खगेश्वर पौडेल, पुनिकुमारी कामी, तालिमका प्रशिक्षक कृष्ण गैरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडाका कर्मचारी इन्द्रमणि पौडेलले गरेका थिए । तालिम १ महिनासम्म भएको हो ।

प्रतिक्रिया दिनुहोस्