अर्घाखाँचीको पाणिनिमा खुल्ला लोक भजन प्रतियोगिता हुने

| २०७९ चैत २८ गते २१: ३१ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वार्ड नं.५ मैदानमा खुल्ला लोक भजन प्रतियोगिता हुने भएको छ । बैदिक सनातन धर्म सेवा समाज पाणिनीको आयोजनामा आउदो बैशाख ९ गते परशुराम जयन्तिको अवसर पारेर खुल्ला लोक भजन प्रतियोगिता हुने भएको हो । 

सनातन धर्मको रक्षा र धार्मिक सहिष्णुता कायम राख्दै पुर्वीय दर्शन एवं सामाजिक मुल्य र मान्यता कायम राख्ने उद्देश्यले  प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारि गराएको छ । अन्य विविध प्रकारका कार्यक्रम र प्रतियोगिता भएपनि भजन प्रतियोगिता गर्न कम मात्रै चासो राख्ने अहिलेको समाज र युवा पुस्तालाई धार्मिक कार्यमा आस्था र विश्वास कायम राख्दै सामाजिक अनुशासन जागृत गर्नु हामी सबैको कर्तब्य हो । यसका लागि धार्मिक अनुष्ठान र कार्यक्रम अपरिहार्य छ मान्यतालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गर्दै आएको सनातन धर्म सेवा समाजले यस पटक भजन प्रतियोगिता गर्दै नयाँ सन्देश त दिएको छ नै अनुयायीहरुले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् । 

 प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगी समुहलाई क्रमश १० हजार, ७ हजार , ५ हजार र ३ हजार एवं सम्मान पत्र सहित आयोजकले पुरस्कृत गर्ने भएको छ । यस्तै सहभागी प्रत्येक समुहलाई प्रशंशापत्र प्रदान गर्ने छ ।
यता पुरस्कार तथा कार्यक्रम ब्यावस्थापनका लागि आवस्यक पर्ने आर्थिक सौजन्य गर्ने सौजन्यकर्तालाई आयोजकले विषेश सम्मान गर्ने छ । धार्मिक कार्यक्रममा सहयोग गरेर पुण्य आर्जन गर्न सबैमा आयोजकले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्