धातिबाङ मा.वि. को प्रेस बिज्ञप्ति: पत्रकार कुटिएको हैन सुनियोजित रुपमा स्कुल र शिक्षकहरुलाई बदनाम गराइयो (बिज्ञप्ति सहित)

| २०८० जेठ १६ गते २०: ४६ मा प्रकाशित

धातिबाङ को बास्तबिकता ।

स्थानिय शिक्षा ऐ न २०७४ को आधारमा धातिवाङ माबी को बि ब्य स गठन गर्ने प्रक्रिया थालनी र सम्पन्न स्थानिय अभिभावक र राजनैतिक दलहरु समेत को समन्वय मा भएको ब्यहोरा सबैलाई अवगत नै ,अभिभावककै उपस्थित मा अभिभावक बाटै चुनिएका प्रतिनिधिहरु नै समितीमा रहेको समेत जानकारी भैरहदा पनि राजनीतिक दल को भागबन्डा वा बिधालय मा राजनिती गरियो भनेर अतिरन्जित गरिनु दुखद छ ,केही समय अगाडि समितिको अध्यक्ष इन्द्रमणी पौडेल हुनुपर्ने भनेर आएको प्रस्ताव जनता अभिभावक तथा राजनैतिक दलहरुको अस्विकार पछि उक्त्त कुरा सेलाएको हो स्थानीय अभिभावक तथा राजनीतिक दलहरुबाट वार्ड अध्यक्ष लाई नै समितिको अध्यक्ष बन्न प्रस्ताव गर्दा इन्कार गरि मैले भनेकै मान्छे हुनु पर्छ भन्ने ढिपी वार्ड अध्यक्ष ले गरेपछी राजनैतिक दल र स्थानिय अभिभावक बाट अबरोध सिर्जना भएको हो ।

त्यसपछि वार्ड अध्यक्षले बिध्यालय को सिफारिस पनि नदिएको र आफुले भनेको ब्यक्ति समितिमा नपर्ने भएको भनेर सिफारिस नदिने सहयोग नगर्ने अभिव्यक्ति दिए ,यश अनुरुप अभिभावक कै भेला मा स्वयम् आफै उपस्थित भएर समिती चयनमा रुलिङ स्वयं ले गरेको जगजाहेर नै छ ,तथापी वार्ड अध्यक्षले सिफारिस गरेको ब्यक्तिको पक्ष मा सयौ जनाको उपस्थित बिच जम्मा ६ जनाले मात्रै समर्थन जनाएको हुँदा सोको चयन हुन सकेन यसरी आफू अल्पमत मा परेको हुँदा ,आफ्नो घरको ब्याक्ति समिती अध्यक्ष बन्न नसक्दा सिङ्गो बिध्यालय ,अभिभावक र शिक्षक माथी शृङ्खलाबद्ध ढंगबाट जनप्रतिनिधि कै परिवार बाट अपाच्य,निच र तल्लो स्तरमा गाली गलोज गर्ने झुटो आरोप लगाउने र स्वयं को परिवारको सदस्य नेपाली काङ्ग्रेस को पत्रकार भनिने ब्यक्तिले बिद्यालय को अनुमती बिना प्रबेश गरि आक्रामक रुपमा प्रस्तुत हुने कक्षामा छिरेर अन्तर्वार्ता लिने साना केटाकेटी लाई प्रश्न गर्ने कुरा लाई आफ्नो बहादुरी सम्जिने र पि'त पत्रकारिताको धाक देखाएर समाजलाइ त्रसित पार्ने काम गरिएको छ जुन निन्दनीय छ ,समाजको वास्तविक कुरालाइ ब्यक्तिगत स्वार्थ र राजनीतिकरण गरि बिधालय लाई राजनैतिक अखडा बनाउने ,पत्रकार ,वार्ड अध्यक्ष र त्यस परिवार को नेता भनिने ब्यक्ति ले समाजमा भ्रम छर्न खोजेको कुरा  प्रष्ट छ ,पत्रकारिता धर्म नै सन्कट मा पर्ने गरि सत्य लुकाएर झुटो कुरा प्रस्तुत गरिएको छ वास्तविक पत्रकार कोहि छ भने धातिवाङ को यो बास्तबिकता लाई उजागर गर्न सकोस् तब मात्रै समाजमा कुशल पत्रकारिता को नाम आउनेछ ।

मन्दिरको सिफारिस नदिने
बिधालय को सिफारिस नदिने 
विधालयमा ,स्वास्थ चौकीमा समेत हस्तक्षेप गर्ने  
पत्रकार हो भन्दैमा जे पनि गर्न पाइन्छ ? 
जनप्रतिनिधि हो भन्दैमा जे पनि गर्न पाइन्छ ? 

सोझा साझा जनता र स साना केटाकेटी लाई माइक तेर्साएर निकै बहादुरी गरेको महसुस भएको होला पत्रकार ज्यु ,बहादुरी यस्लाइ भनिदैन ।

श्री धातिबांग माध्यमिक बिधालय ले हामि लाई पठाएको स्पष्टिकरण जस्ताको त्यस्तै हामिहरुले  सम्प्रेषण गरेका छौं। । 

प्रेस बिज्ञप्ति 

 

प्रतिक्रिया दिनुहोस्