शुसासन पार्दर्सिता लाई पहिलो प्राथमिकता मा राखेर काम गर्छु : प्रमुख प्रशासकिय अधिकृत अर्याल

| २०७८ असार १७ गते १६: ५५ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका को बिकासका सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

सुर्खेतको पन्चपुरि नगरपालिका बाट भर्खर मात्रै सरुवा भई सन्धिखर्क नगरपालिका आउँनु भएका प्रमुख प्रसाशकिय अधिकृत अर्यालले जनप्रतिनिधि हरु बनाएको नीति नियमलाई कार्यनयन गर्दै नगरपालिका लाई नमुना सुन्दर नगरपालिका बनाउनका लागि नगरबासिहरु को सहयोग अपरिहार्य रहेको बताउनु भयो। 

सन्धिखर्क नगरपालिका मा आयोजित कार्यक्रममा बोल्दै अर्यालले छिटोछरितो सेवा सुशासन  पारदर्शिता लाई पहिलो प्राथमिकतामा राखि सेवालाई तुरुस्त दुरुस्त बनाउन र कसैको दवाव रबाफ र प्रभाबमा नपरि काम गर्न कर्मचारी हरुलाई आग्रह गर्नु भयो। अर्यालले सन्धिखर्क नगरपालिका भित्र हुने बिकास निर्माणका कामहरु लाई गुणस्तरीय बनाउन अनुगमनलाई तिब्रता दिने बताउदै स्थानिय वार्ड हरुमा नगरपालिका ले गरिरहेका कामहरुको अनुगमन स्थानिय जन्ताले पनि गर्नुपर्ने र सबै मिलेर नगरपालिका को बिकासमा हातेमालो गर्नु पर्ने बताउनु भयो। 

प्रतिक्रिया दिनुहोस्