अर्घाखाँचीमा बालयौन दुर्व्यवहार मुद्धामा फरार रहेका एक जनालाई प्रहरीद्वारा पक्राउ

| २०७८ असार २० गते १८: ०७ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा बालयौन दुर्व्यवहार मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको सन्धिखर्क नगरपालिका वडानंं. ६ घर भई हाल सन्धिखर्क १ ईसाराटोलमा बस्ने बर्ष ३३ का ऋषि बहादुर मुखियालाई आफ्नै घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।

अर्घाखाँची जिल्ला अदालतले गत माघ ७ गते अभियुक्त मुखियालाई २ महिना ११ दिन कैद सजायँको फैसला सुनाएको थियो । मुखियालाई कैद भुक्तानीका लागि अर्घाखाँची जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्