जि.ट्रा.प्र.कार्यालय अर्घाखाँचीद्वारा दुर्घटना न्युनिकरणका लागी चालक यात्रु मैत्रि कार्यक्रम सम्पन्न

| २०७८ असार २० गते २२: ०८ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाका बिभिन्न क्षेत्रमा जि.ट्रा.प्र. कार्यालय अर्घाखाँचीले सवारी साधन चेकजांचमा कडाइ गरेको छ। 

दुर्घटना न्युनिकरणका लागी चालक यात्रु मैत्रि कार्यक्रम

आज जि.ट्रा.प्र. कार्यालय अर्घाखाँची तथा मातहत समेत बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक सह-चालक तथा सवार यात्रुहरु समेत गरी अन्दाजी ४५ जनालाई सडकमै जम्मा गरी सवारी साधन चलाउँदा अपनाउनु पर्ने सावधानी, यात्रु हरुले सवारी साधनमा यात्रा गर्दा पालना गर्नु पर्ने नियम, यात्राको क्रममा चालक लाई गर्नु पर्ने सहयोग साथै अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिई बिभिन्न ट्राफिक जनचेतनामुलक सन्देशहरु लेखिएको पर्चा पम्लेट समेत बितरण गरीएको थियो।

यात्रु हरुलाइ सवारी साधनमा यात्रा गर्दा पालना गर्नु पर्ने नियम सिकाउँदै ट्राफिक प्रहरी 
यात्रुहरु 

 

प्रतिक्रिया दिनुहोस्