नमुना स्कुलले चिनिएको सन्धिखर्क–८ नेपालीचौरमा रहेको जनता आधारभुत विद्यालयको खाली जमिनमा वृक्षारोपण

| २०७८ असार २१ गते ११: ३० मा प्रकाशित

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क–८,नेपालीचौरमा रहेको जनता आधारभुत विद्यालयको खाली जमिनमा आज वृक्षारोपण गरिएको छ । 

विद्यालयको आयोजना,सव–डिभिजन वन कार्यालय सन्धिखर्कको बिरुवा सहयोग र अभिभावकको सक्रियतामा बृक्षारोपण गरिएको हो । विद्यालयको हाताभित्र फैलिएको ३२ रोपनी मध्ये झन्डै १० रोपनी क्षेत्रफल भएको खाली जमिनमा वृक्षारोपण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

वृक्षारोपण 

सन्धिखर्क–८ का वडा सदस्य देवी भुसाल,सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष रामचन्द्र पोख्रेल,शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र प्रसाद बन्जाडे लगायत स्थानिय अभिभावक तथा सरोकारवालाको उल्लेखनिय उपस्थितिमा काठ तथा फलफुलजन्य करिब ४ सय बिरुवा रोपिएको विद्यालयका शिक्षक केशवराज पोखरेलले बताउनुभयो । 

कुनै समय विद्यार्थि अभावमा ढल्ने अवस्थामा पुगेको यो विद्यालय स्थानियको जागरुकता,विद्यालय प्रशासनको यथेस्ट कार्ययोजना र शिक्षकहरुको लगनशिलताले जिल्लाकै नमुना बनेको छ । कक्षा ५ बाट घटुवा भइ ३ मा झरेको स्कुलमा नेपाली र अग्रेजी दुवै माधयमबाट पठनपाठन सुरु भएपछि यो बर्षबाट कक्षा ६ संचालन गर्ने गरि योजना अगाडि बढेको प्रध्यानाध्यापक कमल प्रसाद गैरेले जानकारी दिनुभएको छ ।

खाली जमिनमा वृक्षारोपण गर्दै स्थानीयहरु 

कुनै समय ५ जना शिक्षकले ७ जना विद्यार्थिलाई पढाउनुपर्ने अवस्थाबाट प्रगति गर्दै आएको उक्त विद्यालयमा अहिले १ सय भन्दा धेरै विद्यार्थिले पढ्दै आएका छन् ।

खाली जमिनमा वृक्षारोपण गर्दै स्थानीयहरु 

 

प्रतिक्रिया दिनुहोस्