सन्धिखर्क ९ अर्घा को नयाँ वडा कार्यालय भवन तयार: १ करोड २० लाख भन्दा धेरै लागत

| २०७८ भदौ ९ गते २३: ०३ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा,सन्धिखर्क। अर्घाखाँची  जिल्लाको सन्धिखर्क नगरपालिका ९ को नयाँ वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ। 

अर्घा रहिसचौर मा हालचालै मात्र बनेको नयाँ वडा कार्यलय भबन को लागत खर्च अन्दाजी  १ करोड २० लाख भन्दा माथि रहेको निर्माण व्यवसायी कृष्ण बस्यालले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिएका छन। 

निर्माण सम्पन्न भएको वडा कार्यालय को उक्त जग्गा स.न. पा ०९ अर्घा निबासी स्वार्गिया : शिव प्रसाद भुसाल कि धर्म पत्नी समाजसेवी टीका देबि भुसाल ले वडा कार्यलय निर्माण गर्नका लागि नि: शुल्क जग्गा उपलब्ध गराउनु भएको थियो ।

अर्घा रहिसचौर मा रहेको पुरानो वडा कार्यालय भवन देखि माथि पट्टि पुरानो बडिङ्ग को नजिकै रहेको उक्त नयाँ कार्यलय भबनको यहि मिति २०७८ साल भाद्र १० गते उद्घाटन हुने अर्घा वडा कार्यलय का सचिब गगन आचार्य र समाजेवी तथा शिक्षक बलराम रायमाझी  ले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्