सुन्दर नगरी सन्धिखर्कको नाम फोहोर नगरी सन्धिखर्कमा परिणत: डेढ महिना भयो पालिकाको कारण बजारमा फोहोर ढुंगढुंगती गनाउँन शुरु

| २०७८ भदौ १५ गते ०४: २० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। सुन्दर नगरी सन्धिखर्कको नाम ? तर पछिल्लो समयमा सुन्दर नगरी सन्धिखर्कलाई फोहोर नगरी सन्धिखर्क भनेर स्थानीयले नामाकरण गरेका छन। 

बिगत एक डेढ महिना देखि सन्धिखर्क नगरपालिकाको फोहोर उठेको छैन। समृद्व सन्धिखर्क पालिका बनाउँने खोक्रा सपना र भाषण छाट्ने नगरपालिकाका सम्बन्धित ब्याक्ति बिशेषहरु ले आज डेढ महिना बिति सक्दा पनि बजार का चोक -चोक र गल्लि -गल्लीका फोहोर का थुप्राहरुलाइ व्यवस्थापन गर्न नसकेको अवस्था रहेको छ। 

सामाजिक संजालमा बिभिन्न अभियान्ता र अनलाइन मिडियाले अर्घाखाँची लगायात सन्धिखर्क बजारका अत्यन्तै मनमोहक दृश्यहरु पस्किने गरेको पाइन्छ। तर भित्री रहस्य बुझ्ने हो भने सदरमुकाम मा अवस्थित सन्धिखर्क नगरपालिका ले बजार क्षेत्रमा अस्थ व्यस्त छरपष्ट अवस्थामा रहेको फोहोरलाई डेढ महिना सम्म उठाउँन नसकेको अवस्थामा हरिगति देखाएको अवस्था छ। 

स्थानीयहरुलाई आश्वाशन देखाउँने तर फोहोर उठाउंन पहल नगर्ने गाडी नपठाउँने पालिकाले गरेको आरोप रहेको छ। स्थानीयहरुको  भनाई अनुसार सामाजिक संजालमा फोहोर व्यवस्थापनमा नगर प्रमुख र उप प्रमुख को अनुगमन छिट्टै बजारको फोहोर उठाईने भनेर पालिकाका आशे पाशेले स्टाटस हालेको देखिन्थ्यो ,सामाजिक संजालमा प्रचारप्रसार देख्दा सत्य होला भन्ने जस्तो लाग्थ्येओ तर सबै झुटा प्रचारप्रसार रहेछन अब बजार वासीले पालिकामाअगाडी धर्ना गर्ने र फोहोर व्यवस्थापनमा छिट्टै पहल नगरे कडा प्रक्रिया चाल्ने उहाँहरुको भनाईरहेको छ। 

प्रतिक्रिया दिनुहोस्