पर्यटकीय स्थल अर्घा घोर्लासी प्रचार-प्रसार हुन नसक्दा ओझेलमा

| २०७८ असोज ४ गते १३: ४० मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची।अर्घाखाँची को पर्यटकीय स्थल घोर्लासी प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

अर्घाखाँचीका प्रशस्त सम्भावना भएकापर्यटकीय स्थलहरु प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेका हुन । जस मध्य घोर्लासी व्युटावर पनि एक हो । 

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घा रानीबनको सिरमा अवस्थित अर्घा को मसुरपाटा घर्तीखोर हुदै जान सकिन्छ भने यता मालारानी को बाँगी प्युडाडा हुदै जान सकिन्छ । घोर्लासी पुगेपछि धौलागिरी हिमाल  , घेरालेख जालकाडाडा लगाएतका  मनोरञ्जनात्मक दृश्य देख्न सकिन्छ । घोर्लासी पर्यटकीय स्थल तथा धार्मिक आस्थाको केन्द्र भनेर पनि चिनिन्छ । 

यस्ता ऐतिहासिक, धार्मिक तथा विभिन्न सांस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक सौन्दर्य सम्पन्न जिल्लाका स्थलहरू संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन ।

प्रतिक्रिया दिनुहोस्