चाडपर्वमा हुन सक्ने चोरीडकैति अपराधिक घटनालाई न्यूनीकरण गर्ने उदेश्यका साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा अर्गाखाँचीमा थप कडाई

| २०७८ असोज ८ गते २१: ०१ मा प्रकाशित

अर्घाखाँची। नेपाली हरुको महान पर्व बडा दशैँ नजिकै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा अर्घखाँची का बिभिन्न स्थान मा अनुगमनमा थप कडाइ  गरेको छ। 

आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाणिनी क्याम्पस देखि म्यालपोखरी, छापडाँडा,अस्थाई प्रहरी पोस्ट बाहुनडाँडा सम्मको वडा एरियामा चाडपर्वलाई मध्यनजर गरी हुन सक्ने चोरीडकैति अपराधिक घटनालाई न्यूनीकरण गर्ने उदेश्यका साथ गाँउ, समाज, टोलको वस्तुस्थिति लगायत शान्ति सुरक्षाको अवस्था बारेमा बुझ्दै अनुगमन सम्पन्न गरेको हो।

प्रतिक्रिया दिनुहोस्