अर्घाखाँचीमा कुटपिट गरी श्रीमतीको विभत्स ह'त्या गर्ने व्यक्ति पक्राउ

| २०७८ असोज १३ गते १८: २२ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर- ७ म्यूखोलाका कृष्ण वि'कले आफ्नी ३५ वर्षिय श्रीमती सिता विकलाई चि'र्प'ट प्रहार गरी ह'त्या गरेका छन्। 

 ३५ बर्षिया आफ्नी श्रीमती सिता बि.क र आफु बिच एक-आपसमा घरायसी बिवाद हुँदा श्रीमान बिष्णु बि.क.ले श्रीमतीको टाउकोमा ला'ठी'ले प्रहार गर्दा निजको घटनास्थलमै मृ'त्यु हुन पुगेको स्थानीयहरुको भनाई रहेको छ। 

घटनाको खबर पाउँन साथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा ७ जनाको टोली खटि घटनास्थलमा पुगी  कुटपिटमा संलग्न व्यक्ति बिष्णु बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रका ले जनाएको छ। 

मृतक सिता बिक र पक्राउ पर्ने कृष्ण बि.कका घरमा ३ वटी  छोरि र एक छोरा रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्