अर्घाखाँचीका दर्जनौं युवा माओवादी केन्द्र छाड्दै नेकपा (एस) मा प्रवेश

| २०७८ असोज १४ गते १४: ०१ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाका युवा पुस्ता नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । 

जिल्लाको अर्घा र आपखोला का दर्जनौं युवा माओवादी केन्द्र लगाएत विभिन्न पार्टी परित्याग गरि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेमा दिपक थापा, माधव भुसाल, लक्षमण थापा  लगायका  १५ जना युवालाइ  नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष राम बहादुर चौहानले स्वागत गरेका हुन । 

प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष राम बहादुर चौहानले मन्तव्य राख्दै भने नेकपा एमालेबाट बाध्य भएर विद्रोह गर्नुपरेको भन्दै अध्यक्ष चौहानले यो कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताए। आउदै गरेको महान पर्व विजयदशमी तथा दिपावली को समेत शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) युवा नेता पुष्कर पौडेल, नेता सिद्वि प्रसाद भुसाल ,युवराज पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्