सन्धिखर्क १० को बेल्टारीमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको टोल भेला तथा भेटघाट कार्यक्रम सम्पन्न (तस्विर सहित)

| २०७८ असोज १६ गते २१: २३ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० बेल्टारीमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र अर्घाखाँचीको टोल भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। 

टोल भेला तथा भेटघाट कार्यक्रम वेल्टारी खरिखोला टोल कमिटिका अध्यक्ष क. बिनोद थापाको अध्यक्ष्यता र आमन्त्रीत अथिति हरु नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बि.क ,प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसाल ,नगर कमिटि सदस्य तथा वडा कमिटिका अध्यक्ष राजेन्द्र जिसी ,नगर कमिटि सदस्य ,खेलकुद महासंघ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मोहन सिंह ठकुरी लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। 

उक्त भेलामा टोल कमिटिका बालकृष्ण थापा ,तेज बहादुर थापा ,मान बहादुर थापा ,कुमारी थापा ,बल बहादुर थापा,लोक बहादुर थापा ,मुक्त बहादुर थापा ,लोक नाथ भुसाल ,राम लाल भुसाल ,पदम भुसाल ,पदम थापा ,पूर्ण बहादुर थापा ,धर्म राज भुसाल ,धन बहादुर राना ,केशब राना ,नन्द बहादुर थापा ,अशोक थापा ,मान ब थापा ,बलराम मरासिनी ,सागर थापा ,मान बहादुर राना ,बिनोद थापा (ख )शिव बहादुर राना ,डाल बहादुर थापा,तुल बहादुर थापा ,माधब बिक ,नारायाण थापा ,शिव बहादुर थापा ,हरि प्रसाद आचार्य ,पम्फा थापा ,कमला थापा ,मधु थापा ,भगवता थापा ,रिता मरासिनी ,लक्ष्मी भुसाल ,बाल कुमारी भुसाल,बिना भट्टराई भुसाल ,दुर्गा भुसालको उपस्थिति रहेको थियो। 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बि.क ,प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसाल ,नगर कमिटि सदस्य तथा वडा कमिटिका अध्यक्ष राजेन्द्र जिसी ,नगर कमिटि सदस्य ,खेलकुद महासंघ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मोहन सिंह ठकुरी ,तेज बहादुर थापा लगायतका नेताहरुले मन्तव्य राख्दै ,बेल्टारी र खरिखोलाका बिकास निर्माण का कार्यहरुलाई थप प्रथामिकता दिने,आगामी दिनहरुमा जनताका चाहाना र माग अनुसार अगाडी बढ्ने, र ४० बर्ष मुनिका युवा हरुलाई पार्टीको नेतृत्व गर्ने गरि जिम्वेवारी दिने जस्ता  महत्वपूर्ण बिषयमा छलफल भएको थियो। 

मन्तव्यकै क्रममा प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसालले बेल्टारी खरिखोलाका पार्टीमा आवद्व रहेका कार्यकर्ता हरुलाई कुनै बिपक्षिको भ्रममा नपरि माओबादि केन्द्रमै रहन आग्रह गर्नु भएको थियो। साथै गत हप्ता नेकपा (एस)पार्टीमा बेल्टारी ,खरिखोलाका युवा हरु प्रवेश गरे भन्ने बिषयमा खण्डन गर्दै ,बिपक्षि पार्टीले युवा हरुलाई भेला गराई टिका लगाईदिएको बताउनु भयो। तर उक्त समाचार सत्य न भएको पनि स्पष्ट पार्नु भएको छ।अबको पार्टीको नेतृत्व युवा पुस्तालाइ सुम्पिनु पर्ने बताउँदै आफ्नो पार्टी बाट भएका कमि कमजोरी हरुलाई स्वीकार गर्दै आगामी दिनमा पार्टीले युवा हरुलाइ थप हौसला र मुल्यांकनकका साथ् अगाडी बढाउँने प्रतिबद्वता जनाउनु भएको छ। 

कार्यक्रम बालकृष्ण थापाको संचालनमा  सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्