गाडिको चापका कारण खाल्डाखुल्डी भएका ठाउँहरुलाई मर्मत गर्दै सन्धिखर्क नगरपालिका

| २०७८ असोज २५ गते १८: ४९ मा प्रकाशित

सुर्य भुसाल। सन्धिखर्क नगरपालिका अर्घाखाँची ले चार्ड बार्ड बडादशै दिपाबलि छड  पर्बको अबसरमा यात्रुहरूलाई सजिलो होस भन्ने उदेश्य अनुरुप बजार तथा नगरपालिका भित्र गाडिहरुको चापले गर्दा परेका खाल्डाखुल्डी पुर्ने कामको शुरुवात गरेको छ ।

 सन्धिखर्क नगरपालिका को अर्घामन्दिर जाने बाटो भक्तिटोला देखि चुत्राबेसि सन्धिखर्क हुदै हस्पिटल लाईन सम्म बिच बाटोमा रहेका र यात्रु गाडिहरु हिड्न समस्या परेका ठाउहरुमा ग्राभेल गर्ने माटो ले खाल्डाखुल्डी पुर्न लागिएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो । खाल्डाखुल्डी पुरेपछि यात्रुहरु सवारि साधन हरुलाई हिडडुल गर्न सहज हुने भन्दै बिच बाटोमा देखिएका खाल्डाखुल्डी पुर्न लागिएको र नगरपालिका का सबै ठाउमा यो कामलाई पनि निरन्तरता दिने नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनु भयो ।

 नगरपालिका का धेरै सडकहरु कालोपत्रे धमाधम भईरहेका छन भने सडकमा देखिएका  सामान्य खाल्डाखुल्डी पुरेर सबारि साधनहरु सरर हिडुन भन्ने उदेश्य ले यो कामको सुरुवात गरिए नगरपालिका का प्राबिधिक नारायण पोख्रेल जानकारी दिनु भयो । सडकमा ३० वटा ट्याक्टर हरु जेसिभि लोडर समेत प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने काम सुरु गरेपछि स्थानीय नगरपालिका बासि यात्रु सवारि चालक खुसि भएका छन खाल्डाखुल्डी पुर्ने कामको जिम्मेवारी सागर निर्माण सेवाका सन्चालक कासि बस्यालले लिनु भएको छ  । खाल्डाखुल्डी पुर्ने अभियान को नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल प्राबिधिक नारायण पोख्रेलले अनुगमन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्