निर्माणाधिन अर्घा भगवती विमानस्थलमा दलदले माटोले बगाउँदा झन्डै २५ लाख बराबरको क्षेति : ३५० घनमिटर जालि बगायो

| २०७८ कार्तिक ३ गते २१: ०२ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। बिगत तीन दिन देखि परेको अबिरल बर्षाका कारण अर्घाखाँची को जनजिबन प्रभाबित बनेको छ । वाढि पहिरोका कारण सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० मा निर्माणाधिन अर्घा भगवती विमान स्थलको चेक बाल बगाउदा झन्डै २५ लाख बराबरको क्षेति भएको निर्माण कार्यको जिम्मेवारी लिएको प्रदिप प्रतिभा  खनाल बर्दर्स जेभिका सन्चालक कवि खनालले जानकारी दिनु भयो। 

तीन दिन सम्म परेको बर्षाका कारण विमान स्थल निर्माण कार्यमा अबरोध श्रृजना गरेको छ विमान स्थलको विभिन्न भागमा लगाएको चेकवाल लाईन साईट मा रहेका  जालि झन्डै ४ सय घनमिटर  मिटर पहिरोले पुरेको छ जालिमात्रै नभई अन्य ठाउमा समेत क्षेति पुराएको हो विमान स्थल निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ निर्माणको काम अहिले धमाधम भईरहेको थियोे लगातारको बर्षाले गर्दा निकै समस्या उत्पन्न भएको छ। 

अहिले चेक बाल माथिबाट दलदले माटो बगेर बगाएको थियोे माथिबाट हेर्दा बाल बाट बगाएका जालिसमेत देखिदैन अहिले पहिरो ले निकै समस्या उत्पन्न गराएको खनाल ब्रोदर्सका सन्चालक खनालले जानकारी गराउनु भयो अर्घाखाँची का अधिकाम्स ठाउमा बाढि पहिरो ले पुर्ण रुपमा क्षति पुराएको छ ।

प्रतिक्रिया दिनुहोस्