नेकपा (एमाले ) सन्धिखर्क वडा नं.१ काे वडा अधिबेशन सम्पन्न

| २०७८ कार्तिक ६ गते २२: ४४ मा प्रकाशित

हिम लेकाली,अर्घाखाँची ।नेकपा एमाले सन्धिखर्क वडा नं. १ काे वडा अधिवेशन मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।

वडाअध्यक्ष लक्ष्मण पराजुलीकाे  अध्यक्षतामा सम्पन्न अधिवेशनकाे उद्घघाटन केन्द्रीय पार्टी अध्यक्ष केपि शर्मा ओलि ले देशैभर एकै साथ भर्चुअल माध्यम बाट  गर्नु भएको थियाे ।अधिवेशनमा प्रमुख अतिथि नेकपा (एमाले ) जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बर्तमान सरकार ले पूर्ब एमाले सरकारले ल्यायका जनमुखि कार्यक्रम हरू काटेर सिंगाे देश र जनतामा बिश्वासघात गरेकाे बताउनु भयाे ।

 उहाँले   सबै कार्यकर्ताहरू  प्रतिबद्ध भएर  पार्टी काममा लाग्न र आगामि निर्वाचनमा एमाले लाई उत्कृष्ट स्थानमा उभ्याउन निर्देशित गर्नु भयाे । अधिवेशन मा  नेकपा एमाले लुम्बिनी सल्लाहकार समिति सदस्य जेष्ठ नागरिक लिलामणि ढुङ्गाना ,  नेकपा एमाले सचिवालय सदस्य नगर कमिटी सह ईन्चार्ज शम्भु पाेख्रेल ,जिल्ला कमिटी सचिवालय सदस्य रामचन्द्र पाेख्रेल , एमाले कार्यालय सदस्य १नं. वडा ईन्चार्ज बिष्णु परियार , वडा नं १ का अध्यक्ष युवराज बन्जाडे ,प्रेस चाैतारिका अध्यक्ष हिम लेकाली ले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

नगर सचिव प्रकाश भुसालकाे सन्चालनमा सम्पन्न बैठकमा स्वागत उपाध्यक्ष कमला भण्डारीले गर्नु भएको थियाे ।

अधिबेशन मा पार्टी लाई अतुलनिय सहयाेग पर्याउने महानुभावहरूलाई सम्मान गरिएकाे छ ।सम्मानित हुने हरूमा सन्धिखर्क १ निवासि लिलामणि ढुङ्गाना ,धर्मराज अधिकारी , टंक प्रसाद पाेख्रल ,कमल प्रसाद भुसाल , लिलावती भट्टराई ,लाल बहादुर कुमाल , बाबुराम सुनार ,एवं शाेव बहादुर खत्री रहनु भएको  छ।

त्यसै गरि विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रबेश गर्ने ६० जना लाई पार्टी अध्यक्ष चेतनारायण आचार्यले टीका तथा मालाले स्वागत  तथा बधाई  ज्ञापन गर्नु भएको  थियाे । अधिबेशनले सर्वसम्मत रूपमा नारायण बि. सि . काे अध्यक्षतामा  ३१ सदस्यीय  वडा कार्य समिति काे गठन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा राजु पन्थी , सचिवमा लेखनाथ भण्डारी , सह सचिव सुनिता श्रेष्ठ , सह सचिव उजेला बस्याल , सदस्यहरूमा  शाेब बहादुर खत्री ,देवि श्रेष्ठ ,भुपेन्द्र मुखिया , ठाकुर खनाल , ऋषिकेस भट्टराई ,रेमलाल श्रेष्ठ , नारायण भुसाल , खुविराम खनाल , टान प्रसाद भुसाल , शारदा दर्जि ,भविश्रवर भुसाल , कमला भुसाल, कमला पाैडेल , शकुन्तला अधिकारी , आषा घिमिरे ,लक्ष्मि परियार , प्रेम कुमारि श्रेष्ठ , अशाेक भुसाल , बालकृष्ण खनाल , खेतुलाल आचार्य , सुरज चुँदाली , मनकला के .सि .दिपक परियार , नारायणी बन्जाडे , दिनामणि भुसाल र मिना पन्थी  रहनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्