नेकपा (एमाले ) सन्धिखर्क नगर अधिबेशनकाे तैयारी पूरा हुँदै

| २०७८ कार्तिक ७ गते २१: २५ मा प्रकाशित

हिम "लेकाली "अर्घाखाँची ।कार्तिक ९ गते सम्पन्न हुने  नगर अधिबेशनका लागि नेकपा( एमाले ) सन्धिखर्क   नगर कार्यालय सचिवालयकाे बैठक  मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।

नगर अध्यक्ष तथा सचिवालय संयाेजक श्री कृष्ण भुसालकाे अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न समसामयिक बिषयमा छलफल  गरि निर्णय लिएकाे  छ ।

सचिवालय सदस्य बल बहादुर रायमाझी काे सन्चालनमा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा ( एमाले ) प्रदेश कमिटी सदस्य के.बि. भुसाल ले बैठकमा सम्बाेधन गर्दै वार्ड  अधिवेशनहरू सर्बसम्मत रूपमा सम्पन्न भएका र नगर अधिवेशन पनि सर्बसम्मत रूपमा  सम्पन्न हुने   बताउनु भएको  छ ।

उहाँले  संगठनलाई बलियाे र सबल  बनाउन  सक्षम र कृयाशिलहरूलाई कमिटीमा ल्याउनु पर्ने भनाइ राख्नु भयाे  । उहाँले अधिवेशन सम्पन्न गर्न कुनै कमि नराखि काम गर्न अायाेजक कमिटी लाई  निर्देशन गर्नु भएकाे छ । बैठकमा  विशेष अतिथि नगर कमिटी ईन्चार्ज युवराज श्रेष्ठ , नगर कमिटी  सह ईन्चार्ज राम बहादुर रायमाझी( क ) र शंभु पाेख्रेल काे  विशेष अातिथ्यता रहेकाे थियाे ।

बैठकले  नगर  अधिबेशन  सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरूकाे गठन गरेकाे छ ।श्रीकृष्ण भुसालकाे संयाेजकत्वमा कार्यक्रम ब्यबस्थापन  उप समिति , बिष्णु परियारकाे संयाेजकत्वमा अतिथि सत्कार तथा सम्मान उप- समिति ,कूशल भुसालकाे संयाेजकत्वमा मन्च ब्यबस्थापन उप- समिति , बल बहादुर रायमाझी काे संयाेजकत्वमा प्रचार  प्रसार तथा सांस्कृतिक उप-समिति , प्रतिनिधि तथा निर्वाचन सामाग्री ब्यबस्थापन उप- समिति मा लक्ष्मण पराजुली , स्वयंसेवक तथा खाजा ब्यवस्थापन उप- समितिमा नारायण बि.सि ,प्रतिवेदन तयारि उप- समितिमा श्रीकृष्ण भुसाल , शिव अधिकारी    तथा  बिष्णु परियार रहनु भएकाे छ । अधिबेशनमा सन्धिखर्क नगरपालिका का १२ वडाका ६०१ प्रतिनिधिहरू पर्यबेक्षक अतिथि स्वयंसेवक गरि हजार भन्दा बढिकाे सहभागिता रहने बताईएकाे छ ।

अधिबेशन सन्धिखर्क हल लाईन स्थित संगम फुड ल्याण्ड एण्ड क्याटरिङ्ग सेन्टर मा दिनकाे ११ बजे बाट सुरू हुने अायाेजक कमिटी सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्