दशैँ लाई बिदाई र बेमौसमी बर्षाले साथ दिए संगै बेल्टारीका किसानहरुलाई धान काट्नको चटारो

| २०७८ कार्तिक ९ गते १७: ५२ मा प्रकाशित

कमला थापा ,संधिखर्क। जिल्लाको संधिखर्क नगरपालिका वडा नम्बर - १० बेल्टारीका किसानहरुलाई धान काट्नको चटारो रहेको छ। 

२०७८ सालको बडा दशैंलाई बिदाई गरे संगै लगातार परेको बेमौसमी बर्षाका कारण बेल्टारी को घोंचे खोला मा रहेका फाँट हरुमा किसान हरुलाई धान काटन बाट अवरुद्व गरेको थियो। 

बिगत २ दिन देखि मौसम सफा रहेको कारण बेल्टारी गाँजरी,अमराई ,घोंचकोट ,आपखोलाका किसान हरु धान काट्न फाँट बगर खेतमा व्यस्त देखिन्छन। दशैं संगै तिहार पर्व पनि नजिकै आईरहेको छ। अबको केहि दिनमा खेतमा पस्न पनि मिल्दैन जसका कारण पाकी सकेको धानवाली कटानका लागि किसान हरु बिहान देखि साँझ सम्म खेतमै व्यस्त देखिन्छन। 

धानवाली भित्र्याउँने समय तक इन्द्र भगवानले बेमौसमी बर्षा नपारिदिए हुन्थ्यो भन्ने आशा सहित किसान हरु भगवान संग प्रथाना  गरेर बसेका छन्। 

प्रतिक्रिया दिनुहोस्