बालिका दिवसको अबसरमा बलेबांगमा कार्यक्रम सम्पन्न

| २०७८ कार्तिक १० गते १८: २४ मा प्रकाशित

 प्रेमनारायण आचार्य,सन्धिखर्क।
 १० कात्तिक - अन्तर्राष्ट्रिय बालिका दिवसकाे अबसरमा सन्धिखर्क नगरपालिकाको आयाेजनामा बलेबांगमा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले लैंगिक समानता कायम गर्न नगरपालिकाले काम गरिरहेको बताउनु भयाे । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,  वडा सदस्य शुस्मा श्रेष्ठ ,  युएन् एफ् पिए बुटवलका चन्द्र ज्ञवाली , जिल्ला संयाेजक  सुजाता सुब्बा , नेपाल पत्रकार   महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य , केन्द्रीय प्रतिनिधि परिषद सदस्य  सुर्य प्रसाद भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो। 

कार्यक्रम पद्मा भुसालको अध्यक्षता,सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारकाे सञ्चालन र वडा सदस्य  साबित्रा बिककाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्