बाल विवाह अन्त्यका लागि सराेकारवाला बिच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न

| २०७८ कार्तिक १२ गते १६: २२ मा प्रकाशित


हिम लेकाली। सिद्धार्थ सामाजिक विकास  केन्द्र कपिलवस्तुको आयोजनामा "बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति २०७८ "  जिल्ला स्तरिय सरोकारवाला संग  अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति सन्धिखर्ककाे हलमा  सम्पन्न भएको छ । 

अर्घाखाँची जिल्ला का सबै  सराेकारवालाहरू संगकाे सहकार्य     र  सहयाेगमा किशाेर किशाेरि हरूकाे सशक्तीकरण गर्दै सुद्रिढ परिबारकाे निर्माण गरि बाल मैत्रि स्थानीय शासन ब्यबस्था निर्माण गर्दै बाल बिबाह अन्त्य गर्ने ध्येयका साथ आयाेजित कार्यक्रम जिल्ला समन्वय समिति का प्रमुख पिताम्वर शर्माकाे अध्यक्षता मा सम्पन्न भएको  हाे  । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा , सितगंगा नगरपालिकाको उप-प्रमुख टीका रेश्मी , मालारानी गाँउ पालिकाका अध्यक्ष  बालकृष्ण आचार्य , उपाध्यक्ष प्रमिला क्षेत्री लगाएतले आफ्नो मन्तव्य राख्दै  बाल बिबाह कानुन बिपरित र  दण्ड सजायकाे ब्यबस्था भए पनि समाजमा बिद्यमान अशिक्षा  ,गरिबि र चेतानाकाे कमि का कारण   अझै बाल बिबाह अन्त्य नभएको  जस्का कारण  बालबालिका काे स्वास्थ्यमा असर, घरेलु हिंसा ,लैङ्गिक हिंसा  ,सम्बन्ध  बिच्छेद ,बहु बिबाह ,र आत्म हत्याका घटनाहरू बडेकाे  आजकाे स्थितिमा   बाल बिबाह  अन्त्यका लागि रणनितिक याेजना आबश्यक भएको  बताउनु भयाे । उहाँहरूले आगामि ५ बर्ष भित्र ( २०८२ साल सम्म ) अर्घाखाँची जिल्लाका सबै वडाहरू लाई बाल विवाह मुक्त घाेषणा  गर्ने  लक्ष र अभियानमा आफ्नाे  पूर्ण साथ सहयाेग रहने 
  प्रतिबद्धता समेत  ब्यक्त  गर्नु भएकाे छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश  कार्यालयकी महिला विकास निरिक्षक  कमला ज्ञवाली र UNFPA  का चन्द्रकान्त ज्ञवालीले बालबिबाह अन्त्य गर्नका लागि लुम्बिनी प्रदेशका स्थानीय तहको  अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको  थियाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसाल , अधिवक्ता पवित्रा भट्टराई , एकल महिला सन्जाल कि  खगेश्वरा  बश्याल , जेष्ठ नागरिक जिल्ला संघ अध्यक्ष  निम बहादुर रिजाल ,   जिल्ला का ६ ओटै स्थानीय तह   महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाका प्रमुख तथा  प्रतिनिधिहरु , सेभ हाउसकी सुनिता श्रेष्ठ ,  सुशिला भुसाल ,गैर सरकारि संस्था महासंघ का ठाकुर अधिकारि ,  लोकतान्त्रिक गैर सहकारी संस्थाकि  उपाध्यक्ष  लक्ष्मी पौडेल दलित अधिकारकर्मी  ठाकुर साैराग लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य  सिद्धार्थ  सामाजिक बिकास केन्द्र का हरि  अधिकारी र सन्चालन जिल्ला समन्वय समिति का ना.सु बिनाेद कुवरले गर्नु भएको  थियाे।

कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख ऋषि पुलामि ,जिल्ला समन्वय अधिकारी लक्ष्मि गाैतम ,UNFPA अर्घाखाँची संयाेजक सुजाता सुब्बा  लगायतकाे उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रम  जिल्ला समन्वय समिति अर्घाखाँचीकाे समन्वय  र UNFPA काे अार्थिक तथा प्राविधिक सहयाेगमा सम्पन्न भएको  हाे ।

प्रतिक्रिया दिनुहोस्