दशैँ लाई बिदाई र बेमौसमी बर्षाले साथ दिए संगै सन्धिखर्क ११ कबिरा किसानहरुलाई धान काट्नको चटारो

| २०७८ कार्तिक १२ गते १६: ४६ मा प्रकाशित

रबि पोख्रेल संधिखर्क। जिल्लाको संधिखर्क नगरपालिका वडा नम्बर ११ कबिरा  किसानहरुलाई धान काट्नको चटारो रहेको छ।२०७८ सालको बडा दशैंलाई बिदाई गरे संगै लगातार परेको बेमौसमी बर्षाका कारण कबिरा मा रहेका फाँट हरुमा किसान हरुलाई धान काटन बाट अवरुद्व गरेको थियो।

बिगत ५ दिन देखि मौसम सफा रहेको कारण बिहार  काब्र्वटा ,,रुब्दी कबिरा का किसान हरु धान काट्न फाँट बगर खेतमा व्यस्त देखिन्छन। दशैं संगै तिहार पर्व पनि नजिकै आईरहेको छ। अबको केहि दिनमा खेतमा पस्न पनि मिल्दैन जसका कारण पाकी सकेको धानवाली कटानका लागि किसान हरु बिहान देखि साँझ सम्म खेतमै व्यस्त देखिन्छन।

प्रतिक्रिया दिनुहोस्