सन्धिखर्क ९ को वडा कार्यालयद्वारा आयोजित भलिवल तथा क्रिकेट प्रतियोगिता सम्पन्न :उपाधि अर्घा ३ लाई

| २०७८ कार्तिक १४ गते ०६: ३० मा प्रकाशित

हरिश चन्द्र बिश्वकर्मा,रमेश थापा। अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका अर्घा ०९ को वडा कार्यालय मार्फत बिनियोजित युवा  लक्षित कार्यक्रम अन्तर्गत अर्घा को मसुरपाटामा ९ नम्बर वार्ड स्तरीय भलिबल तथा क्रीकेट प्रतियोगिता फाईनल खेल आज बाट सम्पन्न भई पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।

सन्धिखर्क ९ का वार्ड अध्यक्ष देबि बहादुर रायमाझी, सदस्य जिबलाल भुसाल सचिब कुलदिप पोख्रेलको समु पस्थितिमा उदघाटित कार्यक्रममा, बेदुराम भुसाल, नेपाली काग्रेस भबिन्द्र खड्का ,बल ब.रायमाझी रायमाझी अमर परियार सतिश भुसाल, रमेश थापा हरिचन्द्र बि क, रामजी परियार ,मोहन  खड्का बिकास परियार,लगायत स्थानिय राजनैतिक,समाजसेवी ब्याक्तित्व हरुको उपस्थितिमा खेलाडी हरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको हो। 

प्रथम द्वितीय र तृतीय हुने भलिवल र क्रिकेट खेलाडी हरुलाई वार्ड अध्यक्ष देबि बहादुर रायमाझीको हात बाट पुरस्कार बितरण गरिएको थियो । 


भलिबल  पुरस्कारहरु

- प्रथम :पुरस्कार : १०,०००। मेडल र प्रमाण पत्र /साबिकको वडा नम्बर ३ प्रथम बिजेता बनेको छ ।
- द्रीर्तिया : पुरस्कार : ६,००० । मेडल र प्रमाण पत्र /साबिकको वडा नम्बर १ को A समुह द्वितीय बिजेता बनेको छ।
- तृतीय : पुरस्कार : ४,०००। मेडल र प्रमाण पत्र /साबिकको वडा नम्बर १ को B समुह तृतीय /बिजेता बनेको छ ।

क्रीकेट पुरस्कार हरु -

- प्रथम : पुरस्कार : ११,०००। मेडल र प्रमाण पत्र/साबिकको वडा नम्बर ४  बिजेता बनेको छ ।
- द्रीतिया : पुरस्कार : ७,०००। मेडल र प्रमाण पत्र/साबिकको वडा नम्बर ३ बिजेता बनेको छ ।
- तृर्तिया : पुरस्कार : ५,०००। मेडल र प्रमाण पत्र /साबिकको वडा नम्बर ३ को B बिजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्