सन्धिखर्क नगरपालिकाद्वारा नगर स्तरीय बाल संजाल गठन

| २०७८ कार्तिक १४ गते १७: ५३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 कार्तिक १४- सन्धिखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल को प्रमुख आतिथ्यता मा शुरु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,शिक्षा शाखा प्रमुख मन्जु आचार्य , कार्यपालिका सदस्य शुस्मा श्रेष्ठ ,पदमा भुसाल , पालिका स्थित नौ वटा सामुदायिक माध्यमिक बिध्यालयका ३७ जना विद्यार्थी हरुको  उपस्थित रहेको थियो ।
 
कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख भुसालले सन्धिखर्क नगरपालिकाले बाल संजाल गठन लगायत  विभिन्न किसिमका तालीम हरु सन्चालन गरि रहेको उल्लेख गर्दै विद्यार्थी नानी बाबू हरुले पनि नगरले के के गर्ने रहिछ भन्ने जानकारी सबैमा हुनु पर्ने आबस्यकता महसुस गरि बाल संजाल गठन गर्न लागिएको बताउदै विद्यार्थी नानी बाबू हरुले आफ्ना अभिभावक हरुको भावना र इच्छा अनुसार   अनुसाशित बनी   पठन पाठन मा लाग्न अनुरोध गर्नु भएको थियोे ।
 
सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले नगरपालिकाले बालबालिका हरुको बिषयमा के कस्ता कार्यक्रम ल्याउदो रहिछ बालबालिका हरुले के गर्नु पर्दो रहिछ कानुनमा के कस्तो ब्याबस्था रहिछ बालबालिका हरुले बिध्यालयमा के कस्तो अनुशासन पालना गर्नु पर्छ भन्ने कुरा जानकारी गराउने उदेश्यले संजाल गठन गर्न लागिएको प्रष्ट पार्नु भएको थियो ।
 
कार्यक्रममा  शिक्षा शाखा प्रमुख मन्जु आचार्यले शिक्षक विद्यार्थी अभिभावक बीच को सम्बन्ध तथा स्वम विद्यार्थी हरुले आआफ्नो बिध्यालमा आफुले गर्नु पर्ने भुमिकाको  बारेमा प्रीजेनटेशन गर्नु भएको थियो ।
  
उपस्थित भेलाले सचिन परियारको अध्यक्षताम २० सदस्यीय नगर स्तरीय बाल संजालको गठन गरेको छ जस्तो उपाध्यक्ष मा जेनिशा चौहान , सचीवमा सचिन  मिश्र ,सहसचीवमा अस्मिता अधिकारी कोषाअध्यक्ष मा सचिन बेल्बासे लगायत रहेका छन् ।

कार्यपालिका सदस्य पदमा भुसाल को अध्यक्षता मा सम्पन्न कार्यक्रम को स्वागत मन्तव्य कार्यपालिका सदस्य शुस्मा श्रेष्ठ तथा संचालन महिला बालबालिका तथा जेष्ठ शाखा कि प्रमुख बेलकुमारी परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्