युएसिसि अर्घाको आयोजनामा आजबाट खुल्ला क्रिकेट प्रतियोगिता सुरु

| २०७८ कार्तिक १४ गते १९: ०८ मा प्रकाशित

अर्घाखाँची बुलेटिन संवाददाता।
१४ कार्तिक-  युनाइटेड अर्घा क्रिकेट क्लब सन्धिखर्क नगरपालिका 10 द्वारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता आजदेखि सन्धिखर्कको टुँडिखेल मैदान  भएको छ । 

 क्रिकेट प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्ष लक्ष्मी नारायण चुदाली बलिङ र वडा सदस्य भेषराज क्षेत्रीले ब्याटिङ गरेर उद्घाटन गरेका थिए ।

उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष चुदालिले खेल जगतमा खेलाडीहरुको क्षमता विकासका लागि यस्तो प्रतियोगिताको आयोजना हुन जरुरी भएको र राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागी खेलकुद र मनोरञ्जनका लागि खेलकुद   आवश्यक भएको हुदाँ खेल विकासको लागि आफूले सक्दो सहयोग गर्न सदैव तत्पर रहेको बताए ।

त्यसैगरि जिल्ला क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋषिकेस भट्टराईले लामो अंतराल पछि यसरी क्रिकेट प्रतियोगिता हुँदा खुसी लागेको र आगामी दिनमा पनि क्रिकेटको उत्थानको लागी आफूले सधैं सहयोग गर्ने बताउनु भएको छ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका जनार्दन गैरे , प्रहरी नायब उपरीक्षक जीवनदत्त भट्ट लगाएत जिल्लाका सक्रिय पत्रकारको उपस्थिति रहेको थियो। 

कात्तिक १६ गते सम्म संचालन रहने प्रतियोगितामा १५ वटा टिम सहभागी भएको आयोजकले बताएको छ ।   प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद पुरस्कारसहित मेडल र सिल्ड प्राप्त गर्नेछ। जसको सौजन्य सन्धिखर्क नगरपालिका १० घर भई हाल दक्षिण कोरिया रहेका गिरिराज हमाल र १० मै घर भई हाल जापान रहेका विकास थापाले गरेका छन्।त्यस्तै द्वितीय हुने टिमले १५ हजार नगद पुरस्कार सहित सहित मेडल र सिल्ड प्राप्त गर्नेछ । प्रत्येक खेलमा उत्कृष्ट खिलाडीलाई म्यान आफ द म्याच सम्मानित गरिने पनि आयोजकले बताएको छ ।

प्रतियोगिताको उदघाटन कार्यक्रम क्लबका सदस्य अंकित भुसालको सभापतित्वमा र मेलिना सिंह ठकुरीको संचालनमा सम्पन्न भएको थियो ।

आज 2 वटा खेल भएका छन् जसमा पहिलो खेलमा यूएसीसी बि अर्घाको टोलीले निगाली पाणिनी गाउँपालिकाको टोलीलाई  10 रनले पराजित गरेको छ भने दोस्रो खेलमा  सृजनशील युवा क्लब अर्घाको टोलीले F5 लाई ३ विकेटले पराजित गरेको छ बाकी खेलहरु भोलि हुनेछन्।

प्रतिक्रिया दिनुहोस्