सन्धिखर्क। प्युठान देखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आउँदै गरेको जिप र सन्धिखर्क बाट भुमिकास्थानको ढाकाबाङ्गका लागी छुटेको स्कार्पियो एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
देउराली यातायातको लु १ ज १६७८ नम्बर को सवारी जिप र लन्का यातायातको लु १ ज ३९२० नम्बरको महेन्द्र स्कार्पियो सन्धिखर्क नगरपालिका वडा नम्बर - २ को भलाडाँडा उकालोमा ठोक्किँदा दुवै गाडिमा भौतिक क्षति पुगेको छ भने दुर्घटनामा मानविय क्षती नभएको प्रहरी स्रोतले जनाएको छ।
दुर्घटनामा सामने घाइते भएका ३ जना यात्रुहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाईको खबर प्राप्त भएको छ। यद्वापी दुर्घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस्