सन्धिखर्क बजारमा सोलार लाइट जडान गरिएको छ तर बल्दैनन

| २०७८ कार्तिक १८ गते २०: ४९ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। सुन्दर नगरी सन्धिखर्क भित्र सडकका छेउंमा रहेंका सोलार लाइटहरु बिग्रीएर नबल्ने अवस्थामा रहेका  छन्। 

केहि दिन अघि मात्र सन्धिखर्क नगरपालिकाको जम्बो टिम बजार क्षेत्रका बिभिन्न ठाउँमा अनुगमनमा भनेर सामाजिक संजालमा फोटा टासीएको देखिन्थ्यो तर मेयर - उपमेयर को टोलीले  के अनुगमन गरे भन्ने बिषयमा बजारवासी अचम्म परेका छन्। 

सोलार लाइट जडान गरि सकेपछि मर्मत संभार गर्नु सम्बन्धित निकायको जिम्वेवारी हैन र ?नाम सुन्दर नगरी सन्धिखर्क काम चाहिँ सुन्दर बिपरित भईरहेको स्थानीयवासीहरुको गुनासो रहेको छ। बजार क्षेत्रका सडक अध्याँरो पारेर राख्दा चोरी डकैती गर्ने गिरोहलाई सजिलो हुने गर्दछ। 

मुख्य बजार क्षेत्रमा जडान गरिएका सोलार बिग्रीएका कारण रातिमा हिड्ने पैदल यात्री लगायात सवारी साधन हरुले सास्ती भोग्नु परेको छ। बिग्रीएका सोलार लाइटहरु तुरुन्तै मर्मत संभार गर्न सम्बन्धित निकायलाई यहि समाचार मार्फत अनुरोध गर्न चाहान्छौं !! 

 

प्रतिक्रिया दिनुहोस्