सन्धिखर्क नगरपालिकाद्वारा पहिलो करदाता सम्मानित

| २०७८ मंसिर १ गते १३: ११ मा प्रकाशित

प्रेमनारायण आचार्य। कर दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाले पहिलो करदातालाई सम्मानित गरेको छ ।

सन्धिखर्क नगरपालिकाले कर बुझाउन नगरपालिकाको अफिसमा आउनु भएका   पहिलो सेवा ग्राहीको रुपमा कर बुझाउन आउनु  भएका सन्धिखर्ब  २ बस्ने भोज बहादुर मुखियालाई  सम्मानित गरेको हाे । 

उनलाई  प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र शाखा अधिकृत मञ्जु खनालले दाेसल्ला अाेढाएर तथा टीका र फुलले सम्मान गर्नु भएकाे हाे । 
 कार्यक्रममा नगरपालिकाका अधिकृत छैठौं जीवनारायण अाचार्य, राजस्व शाखा प्रमुख मुक्ति खनाल ,  नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष अशाेक खनाल , नगरपालिकाका राेजगार संयाेजक हिरामणी पराजुली , शालिकराम नेपाली, विशाल महत लगायतको उपस्थिति रहेकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्