ने.क.पा.(एमाले ) सन्धिखर्क वडा नं.३ काे कार्यालय उद्घघाटन ,थुप्रै पार्टी प्रवेश (तस्विर सहित)

| २०७८ मंसिर ३ गते १७: ११ मा प्रकाशित

हिम लेकाली।  नेकपा (एमाले) सन्धिखर्क वडा नं. ३ काे कार्यालय सन्धिखर्ककाे बराहानेटामा स्थापना  गरिएकाे छ ।कार्यक्रमकाे उद्घघाटन नेकपा ( एमाले ) केन्द्रीय सदस्य अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का ले कार्यालयकाे साईनबाेर्ड अनावरण गरेर   गर्नु भएको   छ । 

कार्यक्रम मा मन्तव्य राख्दै खड्काले नेकपा (एमाले ) ले मात्र समृद्ध नेपाल र सुखि नेपाली काे सदिच्छा पूरा गर्ने बताउँनु भयाे । उहाँले नेकपा एमाले काे  सरकारले ल्यायका  धेरै  जनमुखि याेजनाहरू बर्तमान सरकारले काटेर जनताकाे गला रेट्ने काम  गरेकाे बताउँदै mcc लगायत का बिषयका कारण याे सरकार छिट्टै ढल्ने बताउनु भयाे ।  उहाँले कार्यालय खाेलेर काम सुब्यबस्थापन मा लाग्ने तथा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेस गर्ने हरूलाई सहृदय धन्यवाद दिदै आफु सदा यहाँहरूकै सहयात्री र सहयाेगी रहेकाे बताउनु भयाे ।

वडा अध्यक्ष चिरन्जिवी भारती काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य के .बि .भुसाल ,नेकपा एमाले सचिवालय सदस्य शम्भु  पाेख्रेल ,सन्धिखर्क नगर अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटी सचिवाल सदस्य ईश्वरा पाेख्रेल ,नेकपा एमाले सचिवालय सदस्य    माेतिजङ्ग रायमाझी , जिल्ला कमिटी सदस्य  तथा ३ नं.वडा ईन्चार्ज सहिदिन मिया , लगायतले पार्टी काे उज्ज्वल भविष्यकाे निम्ति शुभकामना ब्यक्त गर्नु भएको  थियाे ।

कार्यक्रम मा  पार्टी प्रवेसि जन प्रगतिशील मन्च बहराईन का अनमाेल राक्से ,र स्थानीय डिल कुमारि पुरिले आफ्ना अनुभूतिजन्य  मन्तब्य राख्दै अाफुहरू प्रतिबद्ध भएर पार्टी ले दिएकाे जिम्मेवारी पूरा गर्ने बताउनु भयाे । 
यसरी 

 माओबादि केन्द्र र कांग्रेस परित्याग गरि एमालेमा  संगठित हुनेहरू  पदमलाल भारति ,सीता गिरि ,मान बहादुर श्रेष्ठ ,भुम बहादुर भाट क्षेत्री ,बाबुराम श्रेष्ठ ,जित बहादुर नेपाली ,गाेपाल नेपाली ,राम बहादुर बि.क, डाँसिराम गिरि ,लाई प्रमुख अतिथि चन्द्र बहादुर खड्का ले माला तथा अबिर ले स्वागत गर्नु भएकाे थियाे ।

कार्यक्रम नेकपा (एमाले )  जिल्ला कमिटी  सदस्य  तथा नगर सह ईन्चार्ज राम बहादुर रायमाझि (क)  ,जिल्ला कमिटी सदस्य रामचन्द्र पाेख्रेल ,लाल बहादुर मुखिया ,खुबिराम अाचार्य ,रूद्र सुनाम ,सन्धिखर्क नगर कमिटी  उप सचिव लक्ष्मण पराजुली , अनेरास्ववियू केन्द्रीय सदस्य अर्जुन खनाल ,  नगर कमिटी सदस्य ,बाबुराम खड्का ,नारायण खड्का ,कमला खनाल भण्डारी ,खिमु गिरि , जहाद अलि मिया ,माेतिलाल खनाल ,बल बहादुर बि. सि, ,मधुकुमार  श्रेष्ठ  ,वडा नं. १ वडा कमिटि अध्यक्ष नारायण बि .सि .उपाध्यक्ष राजु पन्थी ,अनेमसंघ सन्धिखर्क अध्यक्ष मेनुका पाैडेल ,लगायतकाे अातिथ्यता रहेकाे थियाे । 

उक्त कार्यक्रममा सन्चालन  सचिव गाेपाल क्षेत्री र  स्वागत वडा कमिटी सदस्य सुदन भारति ले गर्नु  भएको  थियाे ।

प्रतिक्रिया दिनुहोस्