सन्धिखर्कको कुरको का'मिडाँडामा ट्याक्टर ठुलो दुर्घटना बाट बा'लबा'ल बच्यो

| २०७८ मंसिर ५ गते १४: ५६ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - २ को कुरमा सन्धिखर्क तर्फ आउंदै गरेको ट्याक्टर ठुलो दुर्घटना बाट बालबाल बचेको छ। 

आज दिउँसो करिब २ बजेको समयमा दुर्बाङ्ग बाट बालुवा बोकेर सन्धिखर्क तर्फ आउंदै गरेको लु २ त् ८५४७ नम्बरको ट्याक्टर कुरको कामडाँडा भन्ने स्थानमा पुग्दा एक्कासि दुर्घटना हुन् पुगेको हो। 

चलाकले अर्घाखाँचीबुलेटिन लाई दिएको जानकारी अनुसार कामडाँडाको ओरालोमा आईपुग्दा ट्याक्टरको एक्कासि ब्रेक फेल हुँदा ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुन् पुगेको बताएका छन्। चालकले चतुराईका साथ ट्याक्टरलाई भित्ताको साइटमा न मोडेको भए ठुलो मानवीय क्षति हुन् सक्ने उनि बताउँछन्। 

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। 

प्रतिक्रिया दिनुहोस्