टोपबहादुर रायमाझी र खड्ककाले पार्टि छाडेपनि ४० ओटा वडा जितेर देखाइदिने माओबादी नेता क्षेत्रीको दाबी

| २०७८ मंसिर ११ गते १९: ४२ मा प्रकाशित

अर्घाखाँची,मङ्सिर ११।  नेकपा माओवादी केन्द्र सन्धिखर्कको दोस्रो नगर सम्मेलन सन्धिखर्कमा शुरु भएको छ ।माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षत्रीले उद्घाटन गर्नुभएको सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम छ ।नगरअधिबेशनलाइृ सम्बोधन गदै माओवादीका केन्द्रका केन्द्रीय सदस्य समेत रहेका क्षत्रीले टोप बहादुर रायमाझीले पार्टि छोडेर जादैमा माओबादी हरायो भन्ने सोच राख्नु गलत भएको बताउनु भयो । रायमाझी र खड्ककाले पार्टि छाडेपनि आगामि स्थानियतहको चुनावमा जिल्लाका ४० ओटा वडा जितेर देखाइदिने दाबी गनु भयो ।

उहाले अर्घाखाँची माओबादी कार्यकर्तालाई संक्षण गर्नको लागि आफुले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो । कार्यक्रममा मओबादी नेता देबी बहादुर रायमाझी , कृष्णहरी भुसाल , कमला भण्डारी , ठाकुर सौराग, अखिल नेपाल शिक्षक संघका नेता युवराज भुसाल, दोर्ण प्रसाद भुसाल, नेपाल पत्रकार महा सघंका पुर्व जिल्ला अध्यक्ष,हिम बहादुर जि सी लेककाली लगायतले मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले केही मानिसहरु माओवादी छोडेर दायाँबायाँ लागेपनि आफुहरु मुल धारमै रहेको बताएका थिए । करिब एक हजार कार्यकर्ताको उत्साहजनक उपस्थितिमा शुरु भएको कार्यक्रममा सहभागी बक्ताहरुले संविधानविरोधिहरुको कित्तामा उभिएर टोप बहादुर रायमाझीले गल्ती गरेको बताएका थिए ।

अधिबेशनमा सहभागी सहिदका परिवारलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।कार्यक्रमको खुल्ला सत्र सन्धिखर्कका नगर इन्चार्ज राजेन्द्र भुसालकको अध्यक्षतामा सम्पन्न भएको हो ।

 स्रोत - सरल न्युज

प्रतिक्रिया दिनुहोस्