सन्धिखर्क नगरप्रमुख द्वारा नबनिर्मित वडा भबन कार्यलयको शिलन्यास (भिडियो सहित)

| २०७८ मंसिर १३ गते १७: १३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
मंसिर १३ - सन्धिखर्क नगरप्रमुख द्वारा नबनिर्मित वडा भबन कार्यलयको  शिलन्यास भएको छ ।
 
सन्धिखर्क नगरपालिका वडा न. २ को वडा कार्यलय भबन निर्माणको  शिलन्यास भएको छ सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता मा गरिएको शिलन्यास कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , शाखा अधिकृत मन्जु खनाल वडा अध्यक्ष हरु विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि हरु कार्यपालिका सदस्य हरु स्थानीय समाजसेबि तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।
  
१२.८५ मि. लम्बाई ८ .९५ मि चौडाइ  क्षेत्रफल मा बन्न लागेको उक्त भबन   सागर निर्माण सेवा ले  कुल रकम  रु. ९५१०९०८ मा जिम्मा लिएको छ  उक्त सम्झौता  रकम बाट एक मिटिङ हल सहित ९ वटा कोठा बन्ने सन्धिखर्क नगरपालिका का सबइन्जिनियर नारायण पोख्रेलले जानकारी गराएका थिए । वडा न. २ का वडा अध्यक्ष मोतिजङ रायमाझीको अध्यक्षता मा सम्पन्न शिलन्यास कार्यक्रम को संचालन वडा सदस्य शुस्मा श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्