सन्धिखर्क नगरपालिका वडा नं १० कि २६ बर्षिया सिता वि.कको दुवै मृगौला फेल: आर्थिक अभावले उपचारमा कठिन

| २०७८ मंसिर २२ गते १७: ०७ मा प्रकाशित

अर्घाखाँची,मंसिर २२। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं १० पोखेडाँडा स्थित टिका वहादुर वि.क की छोरी वर्ष २६ की सिता वि.क को दुवै मृगौला फेल भई काम नगर्ने अवस्था भएको हुदा मृगौला प्रत्यारोपण गर्नू पर्ने अवस्था रहेको हुदा हाल निज को आमा ले मृगौला दिने निर्णया भएतापनि आर्थिक अभावको कारण निकै गाह्रो भएको  र निजको पारिवारिक अवस्था निकै कमजोर भएकोले मृगौला प्रत्यारोपण गर्न गाह्रो भएको छ ।

 हाल विरामी को भत्तपुर राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र सल्लाघारीमा उपचार चलिरहेको र प्रत्यारोपणको लागि लाग्ने खर्च जुटाउन नसक्दा विरामीको अवस्था झन विग्रीदै गएको निजको बुवा टिका वहादुर कामीले जनाउनु भएको छ । निजको उपचारको लागि विभिन्न संघसँस्था, कार्यलय तथा विभिन्न मिडिया मार्फत आर्थिक सहयोगमा सहभागी भई निज सिता वि.क लाई बचाउन बुवा टिक वहादुर कामिले हार्दिक अपिल समेत गर्नु भएको छ । 

आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरुको लागि सम्पर्क:-

निजको बुवा टिका वहादुर कामी:-  ९८४२८३२५७९
विरामी सीता वि.क :- ९८४३२०२०३७
ग्लोवल आई.एम.ई बैकं खाता नं ४९०७०१०१८२२५६

 बुवा टिका वहादुर कामी

प्रतिक्रिया दिनुहोस्