प्रेमनारायण आचार्य,सन्धिखर्क। २२ मंसीर- अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले वडामै पुगेर याेजना सम्झौता कार्य शुरु गरेको छ ।
छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न नगरपालिकामा अाउनु पर्ने झन्झटकाे अन्त्य गर्दै आज वडा नम्बर १२ मा वडा कार्यलयमै पुगेर याेजना सम्झौता गरेकाे सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनालले बताउनुभयाे ।
पुस मसान्तसम्म याेजना सम्पन्न गर्ने गरि आज वडा कार्यलयबाटै २२ वटा याेजना सम्झौता गरिएको वडा अध्यक्ष नारायण खड्काले बताउनुभयो । वडामै याेजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् ।
नगरपालिकाका शाखा अधिकृत मञ्जु खनाल , इन्जिनियर प्रमाेद केसी , याेजना शाखाका दिलिप कुमार केसी लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे । कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता र वडा सचिव अनन्तमणि पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।
प्रतिक्रिया दिनुहोस्