लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सन्धिखर्कमा सम्पन्न

| २०७८ मंसिर २४ गते १५: ५४ मा प्रकाशित

अर्घाखाँची।लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सन्धिखर्कको सभाहलमा आज सम्पन्न भएको छ। 

 जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिका कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा सन्धिखर्क नगरपालिकाको सभाहलमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्याक्रममा सन्धिखर्क नगरपालिकाका उप-मेयर ठाकुर वि.क.को प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे साथै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको विशेष आतिथ्यतामा सञ्चारकर्मीहरु,महिला सरोकार सञ्जाल र प्रहरी कर्मचारी समेत को उपस्थितीमा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा ‍भए गरेका कार्यक्रमको समीक्षा गर्नुका साथै विध्यमान लैङ्गिक हिंसाको न्युनीकरणको चुनौति र यस बाट आईपर्ने समस्या को समाधान गर्ने तर्फ सबै ध्यान जानु पर्नेमा जोड दिदै उक्त उक्त कार्यक्रम समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्