सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा याेजना सम्झौता

| २०७८ मंसिर २४ गते १६: ३४ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले वडामै पुगेर  याेजना सम्झौता कार्य शुरु गरेको छ । 

छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न नगरपालिकामा आउनु पर्ने झन्झटकाे अन्त्य गर्दै आज  वडा नम्बर ८ मा वडा कार्यलयमै पुगेर याेजना सम्झौता गरेकाे सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले  बताउनुभयाे ।

पुस मसान्तसम्म याेजना सम्पन्न गर्ने गरि आज वडा कार्यलयबाटै  याेजना सम्झौता गरिएको हाे । वडामै  याेजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,  शाखा अधिकृत मञ्जु खनाल , इन्जिनियर प्रमाेद केसी , याेजना शाखाका दिलिप कुमार केसी लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे । 

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आथित्यता  र कावा  वडा अध्यक्ष नारायण प्रसाद अर्यालको   अध्यक्षता र देवी थापाको सञ्चालनमा  सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्