अर्घाखाँचीमा यात्रुबाहक बसमा यात्रुहरु बोक्ने निहुँमा स्त्री जातका बाख्रा ओसार पसार :बस प्रहरी नियन्त्रणमा

| २०७८ मंसिर २५ गते २०: ०१ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ पाणिनी चोक बाट अबैध रुपमा लैँजादै गरेका बाख्रा प्रहरीले नियन्त्रणामा लिएको छ। 

आज बिहान करिव ९ : ३० बजेको समयमा सन्धिखर्क १ को पाणिनी चोक स्थित लु १ ख ६१४२ नं.को बसले  ७ वटा स्त्री जातका बाख्रा लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा डियुटीमा खटिइएको प्रहरी टोलीले बाख्रा सहितको गाडीलाई नियन्त्रणमा लिएको थियो। 

बस चालक र गाडीलाई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय पठाइएको थियो। पालिकाले रु.१०,५००।– (दश हजार पाँच सय) रुपैँया जरिवाना गरेको जानकारी आएको छ।

प्रतिक्रिया दिनुहोस्