सन्धिखर्क १० मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न: उपाधि बेल्टारी "ए" समुहलाई

| २०७८ मंसिर २९ गते ०१: ३० मा प्रकाशित

कमला थापा ,सन्धिखर्क।
मङ्सिर २९ -  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ। "स्वास्थ्यको लागी खेलकूद राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ् सन्धिखर्क नगरपालिका वडा नम्बर १० को आयोजना र सन्धिखर्क १० को युवा संजाल को सक्रियतामा मङ्सिर २८ गते अमराई गाउँको भतेरचौंर खेल मैदानमा साबिकको अर्घा ५,६, ७  र ९ का भलिवल समुहहरुको सहभागितामा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न  भएको हो। 

प्रतियोगिता सन्धिखर्क १० का युवा संजालका अध्यक्ष बिनोद थापाको अध्यक्षता मा र सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मी नारायण चुँदालीको प्रमुख आथित्यमा संचालन भएको थियो।

वडा स्तरीय भलिवल प्रतियोगितामा युवा संजालका शिव बहादुर रानाभाट ,राजेन्द्र प्रसाद चुँदाली,निर्मला पाण्डे ,रेशम राना ,शिव ब थापा ,नरिश्वर जिसी ,पदम खड्का ,कुलड़ियो आचार्य लगायतको उपस्थिति रहेको थियो भने ,अथितिहरु सन्धिखर्क १० का वडा सदस्य ऋषिकेश भुसाल ,वडा सदस्य ,भेषराज क्षेत्री ,शान्ता नेपाली ,वडा सदस्य चम्कला भुसाल ,गोबिन्द प्रसाद भुसाल ,डिल बहादुर राना भाट,मान बहादुर थापा ,हरि पाण्डे ,धर्मराज भुसाल ,महेश पाण्डे लगायतता समाजसेवी ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो। 

उक्त वडा स्तरीय भलिवल प्रतियोगितामा साबिकको अर्घा ५,६, ७ का गरि कुल ७ टिमको सहभागिता रहेको थियो। २०७८ सालको वडा स्तरीय भलिवलको उपाधि साबिक को अर्घा ७ बेल्टारीको "ए" टिमले जितेको छ,भने द्वितीय स्थान साबिक को अर्घा ६ ले हाँसिल गरेको छ। तृतीय स्थान भने साबिक को अर्घा ७ बेल्टारी "घ" टिमले  हाँसिल गर्न सफल भएको छ।

 प्रतियोगितामा प्रथम स्थान हाँसील गर्ने समूहलाई १० हजार नगद पुरस्कार,द्वितीय हुने समुहलाई ७ हजार नगद ,तृतीय हुने समुहलाई ५ हजार नगद पुरस्कार  र मेडल,प्रमाण पत्र प्रदान गरिएको थियो। 

प्रतियोगितामा उत्कृष्ट भलिवल समुह बेल्टारी "घ" लाई सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायाण चुँदालीको हात बाट ५ रुपैँया प्रदान गरी सम्मान गरिएको थियो।

प्रतियोगिताका रेफ्री महेश पाण्डे रहेका थिए। 

प्रतिक्रिया दिनुहोस्