अबको तिन चार बर्षमा युवाहरु खाडीमा पलायन हुनु पर्दैन,बेरोजगार भएर गाउँमा हल्लिएर बस्नुपनि पर्दैन : नेता रायमाझी

| २०७८ मंसिर २९ गते १८: १६ मा प्रकाशित

रमेश थापा,अर्घा। पुर्व उपप्रधानमंत्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले अबको ३/४ बर्ष मा युवाहरु देश गाउँ छाडेर विदेश पलायन हुनुनपर्ने बाध्यता हट्ने बताएका छन्। 

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर- ९ श्री अर्घा रजस्थल माध्यमिक बिधालय को ४७ औं बार्षिकोत्सव तथा अभिभावक समारोहको कार्यक्रम मा बोल्दै नेता रायमाझीले टेक्निकल शिक्षा ,र प्राबिधिक शिक्षालाई लागु गरेर विदेशमा पलायन हुने युवाहरु लाई स्वदेश/गाउँठाउँमै रोजगार सृजना गर्ने बताएका छन्। 

लाखौँ खर्च गरेर मास्टर डिग्री पढ्ने तर अन्तिममा खाडी मुलुक (विदेश) मा गएर ,जंगल फाड्ने ,मा'न्छे गा'ड्ने चीयाँन खन्ने ,२०/३० तालामा इट्टा बोक्ने ,बिभिन्न कल कारखानामा नेपाली युवाहरु जलिरहेका छन् ,म'रि रहेका छन् तेसैले अब गाउँठाउँकै बिधालय मा अंग्रेजी मेडियम ,टेक्निकल शिक्षा ,प्राबिधिक शिक्षा लागु गरेउ भने युवाहरु विदेश पलायन हुनु न पर्ने र स्वदेश /गाउँमै रोजगार मिल्ने घरमा बेरोजगारी भएर ह'ल्लिएर बस्न न पर्ने बताएका छन्। 

आफु बैदेशिक भ्रमणमा जाने क्रममा तमाम युवाहरु खाडीमा अरुको दास हुनु भन्दा पनि डबल दास भएको देखेर आफुलाई दुख लागेको बताउँदै अबको ३/४ वर्षमा युवाहरुलाई गाउँठाउँमै रोजगारी सृजना गरेर विदेश पलायन हुनुबाट कमि गर्ने र गाउँमा रहेका युवाहरुलाई बेरोजगारी भएर ह'ल्लिएर बस्नु न पर्ने अवस्था ल्याउँने बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्