अर्घा रजस्थल माविको ४७ औं बार्षिक उत्सब तथा आभिभावक दिवस भब्यताका साथ सम्पन्न (तस्विर सहित)

| २०७८ मंसिर २९ गते २२: ४७ मा प्रकाशित

रमेश थापा,अर्घा। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर- ९ श्री अर्घा रजस्थल माध्यमिक बिधालय को ४७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ् सम्पन्न भएको छ। 

कार्यक्रममा प्रमुख अथिति पुर्ब उपप्रधानमन्त्री श्री टाेप बहादुर रायमाझीको रहेको थियो भने,विशिष्ट अतिथ्यतामा क्रमश नगर उप प्रमुख श्री ठाकुर कुमार बि.क,प्रमुख प्रशासकिय अधिकृत श्री नारायण अर्याल, वार्ड अध्यक्ष श्री देबि बहादुर रायमाझी उपस्थिति को रहेको थियो। 

अतिथिहरुमा क्रमश श्री बिस्नु प्रसाद,आचार्य,जिबलाल भुसाल,कमला भुसाल,मनकला परियार,जन ज्योती माद्यामिक बिद्यालयका प्रधानाध्यापक श्री माधब प्रसाद आचार्य,समाजसेबी राजनैतिक ब्याक्तित्व श्री बाबुराम भुसाल,बसन्तराज भुसाल,स्थानिय राजनैतिक ब्याक्तित्व श्री वसन्त के.सि.,श्री नारायण खत्री,श्री बेदुराम भुसाल,श्री पोम नारायण पौडेल,छिमेकी बिधालयका प्र.अ.तथा अध्यक्षहरु,भुतपुर्व शिक्षक,पत्रकार बन्धु,रास्ट्रसेबक सुरक्षा निकाय लगाएत समाबीष्ट सरोकारवालाहरुको गरिमामय उपस्थिति रहेको थियो। 

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष श्री राम बहादुर रायमाझीको अध्यक्षतामा र शिक्षक श्री बल बहादुर रायमाझीको सन्चालनमा संचालित कार्यक्रमको सुरुवाति शिक्षक निरज भट्टराईको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा बिधालय प्रधानाध्यापक श्री छबिलाल चुदालिले बिधालयको आय ब्याय सङै संक्षिप्त्त बिधालयको समग्र विषय बस्तुमा केन्द्रित प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा विभिन्न शिर्षकमा स्थापित अक्षयकोष दातहरुलाई कार्यक्रममा समाबिस्ट प्रमुख अतिथि लगाएत विशिष्ट अतिथीहरुले प्रशंसा पत्र तथा दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने उल्लेखित आसनमा आसित अग्रजहरुले बिधालयको सर्बाङीण बिकासको लागि आफू र आफू सम्बद्ध निकाय बाट कुनै कुरा कमि नरहने ब्यहोरा अबगत गराउनु भएको थियो। 

कार्यक्रमको बिच बिचमा बिधालयका कलाकार भाई बहिनिहरुको बेजोड प्रस्तुतिले सांस्कृतिक माहोल तातेको आभास प्रकट हुँदै अत्यान्तै सानदार,सभ्य,भब्य तथा मर्यादित तरिकाले कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्