अर्घाखाँचीमा जिल्लाकै पहिलो चिस्यान केन्द्र बन्दै : नगरप्रमुख भुसालले गरे शिल्यान्यास

| २०७८ पौष १ गते १५: २८ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। अर्घाघाँची जिल्लामा चिस्यान केन्द्र निर्माण हुने भएको छ ।

बिहीबार एक कार्यक्रमकाबिच सन्धिखर्क नगरपालिको वडा न.१ को तारामार्ग हटारिनेटामा बन्ने तिन तल्ले चिस्यान केन्द्रको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले शिल्यान्यास गरेका छन् ।

शिल्यान्स कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक ,प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा, सन्धिखर्क नगरपालिका का वडा अध्यक्ष हरु राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु उधोग बाणिज्य संघ, चेम्बर अफ कमर्श, निर्माण ब्याबसाहीहरु सन्धिखर्क नगरपालिका बिषयगत शाखाका प्रमुख हरु स्थानीयबासी तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।

जिल्लाकै गौरबको रुपमा रहेको ७ करोड ७९ लाख ४७ हजार २०७ रुपैयाँ लागतमा बन्ने उक्त आयोजनामा पहिलो तल्लामा २ वटा चेम्वर कोल्ड स्टोर बनाइने छ भने दोश्रो तलामा १७ वटा व्यवसायीक सटरहरु रहने छन् । तेस्रो तलामा कार्यलय स्टोर तथा क्यान्टिन रहने छ।

कृषकहरुले उत्पादन गरेको बस्तुलाइ बेमौसमी बनाइ बजारिकरण गर्न सकिने हुदा यस केन्द्रलाई जिल्ला कै आर्थिक समृद्धिको सुचकको रूपमा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्