समाजसेवी बिष्णु भट्टराईको पहलमा श्याम नेपालीको उपचारका लागि सङ्कलित आर्थिक सहयोग हस्तान्तरण

| २०७८ पौष ७ गते १६: १७ मा प्रकाशित

कमला पोख्रेल,अर्घाखाँची। 
७ पुष - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ नौलापानीका हर्निया रोगी श्याम बहादुर नेपालीको उपचारका लागि संकलन भएको आर्थिक सहयोग आज उनकै घरमा पुगेर हस्तान्तरण गरिएको छ । 

विष्णु भट्टराईको पहलमा संकलित  १ लाख ३७ हजार ३ सय र रामलिला सामाजिक विकास केन्द्रले १३ हजार गरी आज १ लाख ५० हजार ३ सय रुपैया नेपालीकै घर नौलापानीमा पुगेर हस्तान्तरण गरिएको हो । 

पेटमा पानी जमेर हिडडुल गर्न समेत नसक्ने अबस्थामा रहेका नेपालीको उपचारकालागि आर्थिक अभाव भएपछि अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानी घर भै हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेका विष्णु भट्टराइको पहलमा संकलित १ लाख ३७ हजार ३ सय रुपैया उहाँका बुबा गोबिन्द भट्टराइले आज हस्तान्तरण गर्नु भएको हो ।

 

पेटमा पानी जम्मा भएको र उपचारका लागि २५ देखि ३० लाख खर्च हुने विरामी नेपालीले बताएका छन् । इजरायलमा रहेका विष्णु भट्टराईले अर्घाखाँचीका विभिन्न दिर्घ रोगी तथा घाइते अपांगहरुलाई आर्थिक सहयोग गर्दै आउनु भएको छ । 

यस्तै रामलिला सामाजिक विकास केन्द्र अर्घाखाँचीले १३ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका नगर सभापति तथा समाजसेवी ब्यक्तित्व बाबुराम भुसाल र सस्थाका सचिव नारायण खत्रीले १३ हजार रुपैया विरामी श्यामबहादुर नेपालीलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति बाबुराम भुसाल, समाजसेवी ब्यक्तित्व गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य,  समाजसेवी तथा स्थानीय नारायण खत्री, सोनु जिसि लगायतको उपस्थिति रहेको थियो । 

इजरायलमा विष्णु भट्टराइको पहलमा संकलित रकम यस प्रकार रहेको छ:-

 

१- लक्ष्मिधर गौतम       - 100 सेकल

२- मधु जि.सि.             - रु 10  हजार नेपाली 

३- नाम नखुलाउनु हुने    - 50 सेकल

४- रुपेश बिष्ट               - 100 सेकल

५- तिर्थ गौतम               - 50 सेकल

६- अजनवि लिम्बू          - 101 सेकल

७- इन्द्र भण्डारी             - 100 सेकल 

८- संझना पन्त              - 51 सेकल

९- बिमला पन्त              - 51 सेकल 

१०- दिपिका भुसाल        - 51 सेकल

११- राम कँडेल              - 151 सेकल 

१२- नयन मौन               - 50 सेकल 

१३- दिपक के.शि.           - रु 10 हजार नेपाली 

१४- दिपक क्षेत्री              - 100 सेकल 

१५- सरला अर्याल            - 50 सेकल 

१६- रेखा पन्त                 - 51 सेकल

१७- सरु बुढाथोकी          - 51 सेकल 

१८- दुर्गा उपाध्य              - 51 सेकल

१९- नाम नखुलाउन चाहने - 51 सेकल

२०- नाम नखुलाउन चाहने - 51 सेकल

२१- कृष केशि                - रु 10 हजार नेपाली 

२२- मुना थापाराई           - 51 सेकल 

२३- साबित्रा पौडेल         - 100 सेकल 

२४- सुरेन्द्र दवाँसे            - 51 सेकल 

२५- नारायण बन्जाडे        - 50 दराम 

२६- सीता भण्डारी            - 50 सेकल

२७- पुष्पा चापागाईँ           - 50 सेकल 

२८- निरु मल्ल ठकुरि         - 105 सेकल 

२९- कोपिला भट्टराई        - 51 सेकल 

३०- नेहा मन्जु गुरुङ          - 51 सेकल 

३१- निता क्षेत्री                 - 100 सेकल

३२- जानुका चापागाईं       -  100 सेकल

३३- खगेश्वर अधिकारी     -     50 सेकल

३४- कृष्ण ( संजय ) चुँदाली - 101 सेकल

३५- कुश भट्टराई              - 150 सेकल

३६- सन्दिप भण्डारी            - 151 सेकल

३७- कमला पाण्डे                - 200 सेकल

३८- बिष्णु प्रसाद भट्टराई    -  6075 रुपैयाँ

प्रतिक्रिया दिनुहोस्